२०८३ भाद्र २८, आइतवार

प्रधानसेनापति सिग्देल चीन प्रस्थान, पैचिङ स्याङसन फोरममा सहभागी हुने

       
  • प्रधानसेनापति सिग्देल ६ दिने चीन भ्रमणमा 
  • १३औं पैचिङ स्याङसन फोरममा सहभागी हुने
  • बलाधिकृत रथी केसीले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने 

 भिओके समाचार/काठमाण्डू । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गर्नुभएको छ । प्रधानसेनापति सिग्देल २८ भदौदेखि ३ असोजसम्म चीन भ्रमणमा रहनुहुने सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ ।

भ्रमणका क्रममा उहाँले चीनको पैचिङ (Beijing) मा आयोजना हुने १३औं बेइजिङ स्याङसन फोरममा सहभागी हुनुहुनेछ । प्रधानसेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गर्नुभएको थियो ।

भ्रमणले नेपाल र चीनबीचको सैनिक सम्बन्ध विस्तार गर्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने बताइएको छ । प्रधानसेनापति सिग्देल चीन भ्रमणमा रहनुहुँदा बलाधिकृत रथी केसीले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नुहुनेछ ।

Facebook Comments