२०८३ भाद्र २४, बुधवार

रसुवा-भोटेकोशी बाढी:प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा

       

काठमाण्डू । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा भएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको कोषमा कुल रु ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

कोषमा रहेको रकममध्ये नौ वटा वाणिज्य बैंकका खातामा रु. ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ मौज्दात छ । यस्तै, दुई वटा वाणिज्य बैंकमा दुई करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात रहेको छ ।

यसअघि बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि उक्त कोषबाट रु एक अर्ब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको छ ।

बाढीपछि सरकारले राहत र पुनःस्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट रकम सङ्कलन भई कोषमा दाखिला भएको हो । रासस

Facebook Comments