नेपाली सेना खोज तथा उद्धार अपडेट (२०८३ भाद्र २३ गते, १५०० बजे)
भिओके समाचार/काठमाण्डू । रसुवा-भोटेकोशी बाढीबाट प्रभावित विभिन्न स्थान र क्षेत्रका महानुभावहरुलाई नेपाली सेनाले आज पनि खोज तथा उद्धारको कार्य गरेको छ । नेपाली सेनाका अनुसार,

१. हवाई खोज तथा उद्धार कार्य:
नेपालीसेना द्वारा हवाई साधनमार्फत आज मिति २०८३ भाद्र २३ गतेको १५०० बजेसम्म विभिन्न प्रभावित इलाकाहरूबाट २० जनाको उद्धार गरिएको र हालसम्म हवाई साधन मार्फत ४०४० (स्वदेशी-३७५७ र विदेशी-२८३) जनाको उद्धार गरिएको।
२. टनेलमा खोज तथा उद्धार कार्य:
• रसुवागढीजलविद्युत आयोजनामा खोज तथा उद्धारको टोली Composite Quick Reaction Team तथा आयोजनाको प्रतिनिधि सहितको टोली पावर हाउस र Control Point सम्म पुगी खोजी कार्य गरिरहेको। संयुक्त टोलीले रसुवा भोटेकोशीजलविद्युत आयोजनाको रोङ्गास्थित केबल टनेलमा Drone को प्रयोग गरी खोजतलास गर्दा १ वटा शव फेला पारेको
• लाङटाङ जलविद्युत आयोजनामा संयुक्त उद्धार टोलीद्वारा खोज तथा उद्धार कार्य जारी रहेको।
• चिलिमेहाइड्रो मा विदेशी सहितको संयुक्त टोलीले ४ वटा ६/६ मिटर लम्बाइका ठुला पाइपहरूको प्रयोग गरी हिँड्न मिल्ने बाटो तयार पारिएको। स्याफ्रुवेशीदेखि चिलिमे जलविद्युत आयोजनाको टनेलसम्म Heavy Equipment लैजानको लागि सडकमा रहेको ठुलो ढुङ्गालाई ब्लाष्टिङ्ग गरी हटाउने कार्य भएको र Major Rock सम्म पुग्नको लागि 95 मि. बाँकी रहेको । Winch Machine र Bucket बाट Debris हटाउने कार्य भइरहेको तथा संयुक्त टोलीबाट टनेलको ११५ मि. सम्म प्रवेश गरी खोजी कार्य गरिरहेको।
• माथिल्लोत्रिशुली१ मा विदेशी सहितको संयुक्त टोलीले मुख्य प्रवेश टनेलको करिब ४०० मिटरसम्म प्रवेश गरी खोजतलास गरिरहेको।
• त्रिशूली3A को पावरहाउस तथा टनेलमा नेपालीसेना को ३४, सशस्त्र प्रहरी बल-४ र आयोजनाका प्रतिनिधिहरूसहितको संयुक्त टोलीले खोजी कार्य गरिरहेको।
• त्रिशूली3B मा नेपालीसेना को १०१ जना र आयोजनाको प्रतिनिधिहरू सहितको संयुक्त टोलीले ३x Excavator प्रयोग गरी करिब २३ फिट गहिराइसम्म खनेर खोजी गर्दा आयोजनाको कार्यालय तथा आवास गृह इलाकामा फेला नपरेको। खोजी कार्य भइरहेको।
३. पुल जडान:
• नुवाकोट जिल्ला, विदुर न.पा.-५, देवीघाटस्थित तादी नदीमा नेपालीसेना का इन्जिनियरिङ फौजबाट खट्टिएको ५५ जनाको टोलीद्वारा पुल निर्माणको कार्य तीव्र रूपमा भइरहेको।
• नेपालीसेना का इन्जिनियरबाट ढुङ्गे बुद्ध मन्दिरको तल्लो भागबाट त्रिशूली बजार जोड्ने करिब २५० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माणको परामर्श सहित कार्य सुरु भएको।
४. जमिनी खोज तथा उद्धार र राहत:
• प्रभावित क्षेत्रका मैलुङदेखि स्याफ्रूबेसी इलाकासम्म पैदल गस्ती गरी खोज तथा उद्धार कार्य गरिरहेको। साथै, नेपालीसेना ले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पट्रोलबाट आज जम्मा ५० जनाले स्वास्थ्य सेवा प्राप्त गरेको।
• रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रहरूमा नेपालीसेना का ९ हजार भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिई समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सुचारु एवम् आपत्कालीन उपचार कार्य गरिरहेको।

