२०८३ भाद्र ११, बिहीवार

भोटेकोशी बाढी : रसुवामा ४५ जना विदेशीसहित ३३६ जनाको हवाई उद्धार

रसुवामा आएको बाढीका कारण प्रभावित नागरिकको उद्धार गरिँदै । तस्बिर : नेपाली सेना

       

काठमाण्डू । रसुवामा आएको बाढीका कारण प्रभावित नागरिकको उद्धारका क्रममा नेपाली सेनाका हेलिकोप्टरमार्फत बिहीबार बिहानदेखि अहिलेसम्म टिमुरे, धुन्चे तथा मैलुङ क्षेत्रबाट विभिन्न ६ देशका ४५ विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरिएको छ।

नेपाली सेनाका करिब चार हजार फौज परिचालन गरी समन्वयात्मक रूपमा घाइते तथा प्रभावितको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरणको कार्य भइरहेको सेनाले जनाएको छ।

Facebook Comments