Thu. Jul 30th, 2026

सिरहा झडपमा गोली लागेका एकजना युवको मृत्यु

       

भिओके समाचार/काठमाण्डू । सुनसरीको कप्तान्गञ्जमा भएको घटनालाई लिएर सिरहामा भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका एकजना युवको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय सिराहाका अनुसार उपचारका क्रममा औरही गाउँपालिका वडा नम्वर २ का अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालय सिरहाले गणेश यादवको मृत्यु भएको जानकारी प्राप्त भएको पुष्टि गरेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ ।

सो क्षेत्रमा यत्तिवेला ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको प्रशासनले जनाएको छ। सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सिरहाका विभिन्न स्थानमा कर्फ्यु आदेशसमेत लागू गरिएको छ।

गत आईतबार राती सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी जाने क्रममा दुई समूहबीच विवाद भएपछि उग्र झडप भएको थियो ।

झडपलाई साम्य पार्न प्रहरीले अश्रुग्यास र हवाई फायर गरे पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाएको जनाएको छ ।

प्रहरीको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा ज्यान गएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार