२०८३ श्रावण २३, शनिवार

प्रज्ञा प्रतिष्ठानहरूमा नयाँ पदाधिकारी नियुक्त

नेपाल संगीत प्रज्ञा प्रतिष्ठानका कुलपति बज्रेश खनाल, ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा एरिणा ताम्राकार र प्रज्ञा प्रतिष्ठानको कुलपति कुमार नगरकोटी।

       

भिओके समाचार/काठमाण्डू ।  सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसबमोजिम प्रधानमन्त्रीले मिति २०८३ साउन २० गतेको निर्णयअनुसार तीनवटै प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य-सचिव र परिषद् सदस्य मनोनयन गर्नुभएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सिन्धुलीका कुमार नगरकोटी, उपकुलपतिमा पर्वतका अविनाश श्रेष्ठ र सदस्य-सचिवमा रूपन्देहीका रोशन शेरचन नियुक्त हुनुभएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा ललितपुरकी एरिणा ताम्राकार, उपकुलपतिमा चन्द्र श्याम डङ्गोल र सदस्य-सचिवमा दोलखाका कैलाशकुमार श्रेष्ठ मनोनीत हुनुभएको छ ।

यस्तै, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा काठमाडौँका ब्रजेश खनाल, उपकुलपतिमा ताप्लेजुङकी झुमा लिम्बू वनेम र सदस्य-सचिवमा मोरङका भूपेन्द्रसिंह रायमाझी नियुक्त हुनुभएको छ ।

Facebook Comments