Sun. Jul 19th, 2026

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन

       
गण्डकी । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ सडकअन्तर्गत फापरखेतको पहिरो नियन्त्रणका लागि सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 
आज आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएका मन्त्री पुनले सडकको निरीक्षणपछि यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 
“चालु आर्थिक वर्षमा पहिरो नियन्त्रणका लागि सङ्घबाट रु चार करोड विनियोजन भएको छ, एक वर्ष भित्रमा समस्या समाधान हुनेमा विश्वस्त छु,” उहाँले भन्नुभयो । 
करिब ३० वर्षदेखि उक्त स्थानमा पहिरोको समस्या छ । सडक माथिबाट खसेको पहिरोका कारण वर्षायाममा सडक अवरुद्ध हुँदा मङ्गला, मालिका र धवलागिरि गाउँपालिकावासीले आवतजावतमा सास्ती खेप्दै आएका छन् ।
आजै मन्त्री पुनले प्रदेश अस्पतालको निर्माणाधीन भवनबारे जानकारी लिनुभएको छ । उहाँले अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था र उपकरणका लागि सक्दो प्रयास गर्ने बताउनुभयो । 
साथै मन्त्री पुनले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पर्ने बैसरी पहिरो रोकथाममा भएका प्रयासबारे पनि जानकारी दिनुभएको थियो । रासस
Facebook Comments

सम्बन्धित समाचार