Mon. Apr 29th, 2024

अमेरिकीमाथि चिनियाँ प्रतिवन्ध नस्वीकार्नु अमेरिकाको प्रभुत्ववादी सोचः चीनको परराष्ट्र मन्त्रालय

काठमाडौं, २०७७ माघ १० गते शनिबार

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले अमेरिकी प्रतिनिधिसभाको वैदेशिक मामिला समिति अन्तर्गत रिपब्लिकन पार्टीका प्रमुख सदस्य मेक्कलले पोम्पेओलगायत व्यक्तिमाथि चिनियाँ प्रतिवन्ध निराधार र बदमाशी भएको उल्लेख गरेबाट अमेरिकी प्रभुत्ववादी सोच देखिएको टिप्पणी गर्नुभएको छ।

२२ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वाले उक्त कुरा बताउनुभएको हो। प्रवक्ता ह्वले चीनको सार्वभौमिक सुरक्षा विकास हितमा अतिक्रमण गर्नेजस्तो गलत गतिविधिको प्रतिकृयास्वरुप चीनले पनि अमेरिकाका सम्बन्धित व्यक्तिमाथि प्रतिवन्ध लगाएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘यो उचित तथा आवश्यक कुरा हो जसबाट राष्ट्रिय हितको संरक्षण गर्ने चीन सरकारको दृढ अठोट देखिएको छ।’

मेक्कलको भनाइबाट केही अमेरिकी राजनीतिज्ञले अरूमाथि अतिक्रमण गर्न मात्रै स्वीकार गर्ने तर अरूले उचित प्रतिक्रिया दिँदा अस्वीकार गर्ने अमेरिकी प्रभुत्ववादी तर्क देखिएको पनि प्रवक्ता ह्वाले उल्लेख गर्नुभयो। सीआरआई

Facebook Comments