Mon. Apr 20th, 2026

अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा

       

काठमाण्डू । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री पल कपुर नेपाल भ्रमणका लागि आज यहाँ आउनुभएको छ ।

उहाँले यस भ्रमणमा अमेरिका-नेपाल साझेदारीलाई अझ सुदृढ बनाउन सरकारी अधिकारीहरू, व्यावसायिक नेतृत्वकर्ताहरू र सांस्कृतिक विज्ञहरूसँग भेटघाट गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । रासस

Facebook Comments