Mon. Apr 20th, 2026

शेयर बजारमा गिरावट

       

काठमाण्डू । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १३.१७ अंक घटेर २८२५.२३ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । गत शुक्रबार ७ अर्ब ४६ करोड ६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ४३ करोड ४२ लाख ४० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज ४ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभल अर्थात् १५ प्रतिशत वृद्धिमा कारोबार भएको हो । यसैगरी, झापा इनर्जीको शेयरमूल्य करिब १२ प्रतिशतले बढेको छ भने रिज लाइन इनर्जीको शेयरमूल्य ११ प्रतिशतले वृद्धि भएको छ । दोल्टी पावर कम्पनीको शेयरमूल्य भने आज सर्वाधिक ५.३५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३६ करोड १ लाख ५९ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, सोलु हाइड्रोपावरको करिब ३० करोड रुपैयाँको शेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे २८ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज एउटा उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ ।

Facebook Comments