Mon. Apr 29th, 2024

सत्ता छाड्ने बेलामा पनि राष्ट्रपति ट्रम्प चीनप्रति आक्रामक

काठमाडौं, २०७७ माघ ५ गते सोमबार

कार्यकालको समय केही दिन मात्रै बाँकि रहदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङ बिरुद्ध अर्को कदम उठाउनु भएको छ ।

उहाँले सरकारी निकायहरुलाई चिनियाँ सामग्री र सेवाहरुको खरिदलाई कम गर्ने प्रयास अगाडि बढाउन आदेश दिनु भएको छ ।
राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्राइनले गरेको घोषणामा कानुन र नियमन तथा सम्भावित कार्यकारी कदम समीक्षा गर्ने विषय उल्लेख गर्नु भएको छ ।

‘अमेरिकी सरकारको व्यक्तिगत अभिलेख, सैन्य योजना, साइबर र अन्य अर्थको अन्य सूचनामा चीनले निशाना बनाउने प्रयास गरेसँगै अमेरिकाको यस्तो प्रयास आएको हो । यसका लागि अमेरिकाले अमेरिकी स्वार्थको रक्षाका लागि प्रतिउत्तरको व्यवहारको कदम उठाउनु पर्छ,”ब्रायनले विज्ञप्तिमार्फत बताउनु भयो । चीन एकल राष्ट्रिय सुरक्षा चुनौती भएको पनि उहाँले बताउनु भएको छ । एजेन्सी

Facebook Comments