Wed. May 6th, 2026

एमालेका अध्यक्ष ओली पक्राउ परेको पुष्टि   

       

भिओके समाचार/काठमाण्डू । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको पुष्टि गरिएको छ ।

राष्ट्रिय समाचार समितिले अध्यक्ष ओलीलाई उहाँको निवासबाटै आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख तथा प्रहरी उपरीक्षक सूर्यबहादुर खड्कालाई उद्धत गर्दै ओली पक्राउ पर्नुभएको समाचार प्रकाशित गरेको हो ।

काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सन्तोष खड्काको कमाण्डमा खटिएको टोली आज बिहान ५ः०० बजे गुण्डु पुगेका थियो । ओलीलाई काठमाण्डू लगिएको छ ।

Facebook Comments