Wed. May 6th, 2026

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन   

काठमाडौँ, ५ चैतः प्रधानमन्त्री सुशीला कार्कीलाई बिहीबार जुम्लाको कर्णाली प्राविधिक शिक्षालय अवलोकनका क्रममा स्वागत गर्दै शिक्षक एवं विद्यार्थी । विसं २०३७ मा स्थापना भएको उक्त संस्था नेपालकै पहिलो प्राविधिक शिक्षालयमध्ये एक मानिन्छ। तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

       

जुम्ला ।  प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन गर्नुभएको छ ।

मुगुस्थित रारा तालको भ्रमण सकाएर नेपाली सेनाको हेलिकप्टरमार्फत जुम्ला आउनुभएकी प्रधानमन्त्री कार्कीले कर्णाली प्राविधिक शिक्षालय भौतिक संरचनादेखि शिक्षालयको अवस्थाबारे जानकारी लिनुभएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कार्कीले शुक्रबार बिहान चन्दननाथ मन्दिरको दर्शन गर्नुहुने कार्यक्रम छ । कर्णाली प्राविधिक शिक्षालयका निमित्त कार्यालय प्रमुख मुक्ति भण्डारीले शिक्षालयका समस्यालाई प्रधानमन्त्री कार्कीसमक्ष राखिएको बताउनुभयो । रासस

Facebook Comments