स्कूल बस दुर्घटनामा २३ जना विद्यार्थी घाइते
ढोरपाटन (बागलुङ), २९ माघः बागलुङ बजारमा स्कूल बस दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते भएका छन् ।
बागलुङ नगरपालिका–१ रामरेखादेखि रातामाटातर्फ जाँदै गरेको ‘न्यू एभरेष्ट बोर्डिङ स्कूल’को ग ३ च ८६२१ नम्बरको बस आज दुर्घटना भएको हो । दुर्घटनाका घाइतेलाई उपचारका लागि धौलागिरि अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जनाकारी दिनुभयो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
उक्त स्कूल बस मध्यपहाडी लोकमार्गबाट करिब ६० मिटर तल खसेको सहायक प्रजिअ बरालले बताउनुभयो । रासस
Facebook Comments

