Wed. May 6th, 2026

आन्तरिक उडान सुचारू   

       

काठमाण्डू । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाण्डूलगायत देशका विभिन्न विमानस्थलमा प्रभावित रहेको आन्तरिक तर्फको उडान अहिले सुचारु भएको छ ।

काठमाण्डू, विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान सुरु हुन नसकेको भए पनि अहिले भरतपुर, टुम्लिङटार, नेपालगञ्ज बाहेक अन्य ठाउँमा उडान सुचारु भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले दिउँसोबाट मौसममा सुधार आएसँगै उडान अवतरण सुरु भएको हो ।  रासस

 

Facebook Comments