Wed. May 6th, 2026

महानगर प्रमुखद्वारा पदत्याग   

       

काठमाण्डू । काठमाण्डू महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पदबाट राजीनामा दिनुभएको छ । उपप्रमुख सुनिता डङ्गोलसमक्ष उहाँले आजैदेखि लागू हुने गरी राजीनामा पेस गर्नुभएको प्रमुख शाहको सचिवालयले जनाएको छ ।

स्वेच्छाले राजीनामा दिएको उल्लेख गर्दै महानगरप्रमुख शाहले त्यागपत्रमा पदमा रहँदा आफूले महानगरपालिका र नगरवासीको हितमा इमान्दारपूर्वक काम गर्ने प्रयास गरेको बताउनुभएको छ । रासस

Facebook Comments