Thu. Apr 24th, 2025 02:24:21

अधिकारको लडाईं लड्न बाँकिनै रहेको सिके राउतको भनाई ।

काठमाडौं, २०७६ मंसिर ७ गते शनिबार ।

सिके राउत नेतृत्वको जनमत पार्टीले राजधानीमा ‘रंगभेदविरुद्ध एकतासभा’ गरेको छ। शनिबार राजधानीको भृकुटीमण्डपमा एकतासभा गरिएको हो।

नेकपा सरकारसँग सम्झौता गरेर राष्ट्रिय राजनीतिमा उदाउनु भएका सिके राउतले राजधानीमा शक्ति प्रदर्शन गर्नुभएको हो। राउतले मंसिर १४ गते हुने उपनिर्वाचनमा तराई मधेसका विभिन्न स्थानमा उम्मेदवारीसमेत दिनुभएको छ।

अन्नपूर्ण पोष्ट अनलाईनका अनुसार रंगभेदविरुद्ध एकतासभा’ तथा सांस्कृतिक विविधता झाँकी प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै सिके राउतले अझै पनि नेपालका अधिकारको लडाईं लड्न बाँकी नै रहेको बताउनु भयो।

Facebook Comments