Fri. Jun 26th, 2026

कम्बोडियाले युद्धविराम उल्लङ्घन गरेको थाइल्यान्डको आरोप   

       

बैङ्कक । कम्बोडियाले मङ्गलबार सीमापार मोर्टार फायर गरी थाई सैनिकलाई घाइते बनाएको उल्लेख गर्दै थाइल्यान्डले कम्बोडियालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ ।

दक्षिणपूर्वी एसियाली राष्ट्रहरू बिचको दशकौँ पुरानो सीमा विवाद गत वर्ष धेरै पटक सैन्य झडपमा परिणत भएको थियो भने डिसेम्बरमा भएको लडाइँमा दर्जनौँ मानिसहरूको मृत्यु हुनुका साथै दुवै पक्षका करिब १० लाख विस्थापित भएको जनाइएको छ ।

दुई देशले तीन हप्ताको झडपको अन्त्य गर्दै डिसेम्बर –२७ मा युद्धविराममा सहमती जनाएका थिए ।

कम्बोडियाको सेनाले थाइल्यान्डको उबोन रत्चथानी प्रान्तमा मोर्टार राउन्ड फायर गरेको आरोप लगाउँदै थाई सेनाले मङ्गलबार विज्ञप्ति मार्फत “कम्बोडियाले युद्धविराम उल्लङ्घन गरेको जनाएको छ । गोली हानाहानमा एक जना थाई सैनिक घाइते भएको थाई सेनाले जनाएको छ ।

थाई सेनाले कम्बोडियन पक्षले थाई सैन्य एकाईलाई सम्पर्क गरी थाई क्षेत्रमा गोली चलाउने मनसाय नभई कम्बोडियन कर्मचारीहरूको हतियार परिचालन त्रुटिको कारण विस्पोट भएको दाबी गरेको छ । थाई सेनाले भने कम्बोडियन सेनालाई सावधानी अपनाउन चेतावनी दिदै यदि यस्तै घटना दोहोरियमा थाइल्यान्डले बदला लिने जनाएको छ ।

कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेटाले मङ्गलबार कम्बोडियाको प्रेह विहार प्रान्तमा दुई कम्बोडियन सैनिकहरू घाइते भएको र एक जना गम्भीर घाइते भएको बताउनु भएको थियो ।

कम्बोडियाका सेनाहरूले “सङ्गठन र व्यवस्थित“ कर्तव्यहरू पालन गरिरहेको अवस्थामा विस्फोट भएको जनाउदै उहाँले विस्पोटमा घाइते भएका दुई सैनिकहरूलाई अस्पतालमा भर्ना गरेको उल्लेख गर्नु भएको छ ।

एमराल्ड ट्राएङ्गल भनेर चिनिने सीमा क्षेत्रमा विस्फोट भएको जनाउदै सोचेटाले यो दुवै देश र लाओसको सीमा भएको बताउनु भयो ।

गत मे महिनामा, यस क्षेत्रमा थाई सेनासँगको गोली हानाहानमा एक कम्बोडियन सैनिकको मृत्यु भए पछि सीमा द्वन्द्व पुनः स्थापित भएको थियो ।

थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले “युद्धविराम उल्लङ्घन भएको“ भन्दै नोम पेन्हमा विरोध दर्ता गरेको बताउदै थाइल्यान्डसँग कम्बोडियालाई “जवाफ दिने क्षमता“ रहेको जनाउनु भएको छ ।

यी राष्ट्रहरूको लामो समयदेखि चलिरहेको द्वन्द्व उनीहरूको ८०० किलोमिटर सिमानाको औपनिवेशिक युगको सीमांकनको विवादबाट उत्पन्न भएको जनाइएको छ, जहाँ दुवै पक्षले क्षेत्र र शताब्दीयौं पुरानो मन्दिरका भग्नावशेषहरूमा दावी गरेका छन् ।

डिसेम्बरको युद्धविराम अन्तर्गत, कम्बोडिया र थाइल्यान्डले युद्धविराम गर्ने, सेनाको गतिविधिको अवरोध गर्ने र आफ्नो सीमामा सुरक्षा प्रयासहरूमा सहयोग गर्ने वाचा गरेका छन् ।

डिसेम्बर– ३१ मा, बैङ्कले जुलाई देखि पक्राउ परेका १८ जना कम्बोडियन सैनिकहरूलाई रिहा गरेको थियो । थाइल्यान्डको विदेश मन्त्रालयले उनीहरूको रिहाइ “सद्भावना र विश्वास निर्माणको आधार भएको बताएको छ ।

नोम पेन्हले गत हप्ता उनीहरूको फिर्तीले “आपसी विश्वास निर्माणमा उल्लेखनीय योगदान पुर्याउने विषयमा “आशावादी“ रहेको बताको छ ।

संयुक्त राज्य अमेरिका, चीन र मलेसियाले जुलाईमा कम्बोडिया र थाइल्यान्डबिचको लडाइँ अन्त्य गर्न मध्यस्थता गरेका थिए ।  एएफपी

Facebook Comments