Sun. May 24th, 2026

केपी ओलीको स्थानहद फुकुवा

       

काठमाण्डू । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ ।

हिजो जाँचबुझ आयोगले ओलीसँग बयान लिएसँगै उहाँको स्थानहद फुकुवा गरिएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले आज विज्ञप्ति जारी गरी जानकारी दिनुभएको छ ।

जेनजी आन्दोलन छानिबन गर्न गठित जाँचबुझ आयोगले छानबिन शुरू गरेपछि पूर्वप्रधानमन्त्री ओलीसहित तत्कालीन अधिकारीहरूलाई स्थानहद लगाएको थियो । अरु सबैको स्थानहद फुकुवा भए पनि ओलीको बाँकी थियो।

आयोगका प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका कामकारबाही सम्बन्धमा यस आयोगबाट उहाँसँग सोधपुछ लगायतका बुझ्ने कार्य सम्पन्न भइसकेकाले उहाँको विदेश भ्रमण र उपत्यका छाड्न नपाइने निर्णयको समाप्त भएकाले फुकुवा गरिदिएको छ।’

आयोगले गत असोज १२ मा अनुसन्धानका लागि भनेर पूर्व प्रधानमन्त्री ओलीलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको थियो । त्यस्तै, आयोगको स्वीकृति विना काठमाडौँ उपत्यका छाड्न पनि नपाउने निर्णय गरेको थियो ।kp-aayog_utS0qOha2F-1767603541.jpg

Facebook Comments