Wed. May 6th, 2026

नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड   

       

काठमाण्डू ।  नेपाल प्राकृतिक, धार्मिक सम्पदाले धनी मुलुक भएकाले यसलाई योग तथा ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ ।  संयुक्त राष्ट्र सङ्घले हरेक सन् २०२४ मा हरेक डिसेम्बर २१ लाई ‘विश्व ध्यान दिवस’ का रुपमा मनाउने घोषणा गरेसँगै नेपालमा यो दिवस मनाउन थालिएको हो । दिवसको पूर्वसन्ध्यामा आज ओशो तपोवनमा आयोजित पत्रकार सम्मेलनमा स्वामी आनन्द अरुणले नेपाल प्राकृतिक, धार्मिक सम्पदाले विश्वमा धनी मुलुक भएकाले योग तथा ध्यान केन्द्रका रूपमा विकास गर्दै पर्यटन प्रवर्द्धन गर्नुपर्ने धारणा राख्नुभयो ।

राससका अनुसार उहाँले सरकारले काठमाण्डूको टुँडिखेलमा डिसेम्बर २१ तारिख आइतबारका दिन दोस्रो ध्यान दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाउने घोषणा गरेको पनि जानकारी दिनुभयो । गत वर्ष संयुक्त राष्ट्र सङ्घले डिसेम्बर २१ लाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएसँगै टुँडिखेलमा सरकारको आयोजनामा दिवस मनाउन थालिएको हो ।

उहाँका अनुसार हाल नेपालमा ओशो तपोवनका ९० वटा शाखा सञ्चालनमा छन् भने जनकपुर र दमौलीमा निर्माणाधीन छन् । साथै अमेरिका, अष्ट्रेलिया, रुसलगायत देशमा पनि शाखाहरू विस्तार भइसकेका छन् ।

Facebook Comments