सुनको भाउ एकैदिन ४ हजार ९०० रुपैयाँ बढ्यो
काठमाण्डू । नेपाली बजारमा मंगलबार सुनको भाउ ह्वात्तै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ हजार ९०० रुपैयाँ बढेको छ ।
आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँ तोकिएको छ । हिजो सुन २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदी तोलामा १०५ रुपैयाँ बढेर ३ हजार १ सय ७० रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय मूल्य अनुसार नेपाल सुनचाँदी व्यवसायी महासंघले दैनिक रुपमा सुनचाँदीको मूल्य तोक्ने गर्छ।
Facebook Comments

