एआइजी दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने सरकारको निर्णय
काठमाण्डू । सरकारले नेपाल प्रहरीको प्रहरी महानिरिक्षक पदमा एआइजी दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले कार्तिक २७ गते देखी लागु हुनेगरी नेपाल प्रहरीको प्रहरी महानिरिक्षक पदमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
Facebook Comments

