Sun. May 24th, 2026

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट   

       

वाशिङ्टन डिसी (अमेरिका) । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गर्नुभएको छ ।

उक्त भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धि र चुनौतीको बारेमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ ।

राससका अनुसार  भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमण दलका सदस्य र विकास बैंकका उच्च कर्मचारीको सहभागिता रहेको थियो ।

Facebook Comments