Thu. Apr 23rd, 2026

सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला २ लाख २१ हजार ७०० पुग्यो     

       

काठमाण्डू । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आज सुन प्रतितोला रू २ लाख २१ हजार ७०० मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन प्रतितोला रू २ लाख १७ हजार ८०० मा किनबेच भएकोमा आज तोलामा रू तीन हजार नौ सय बढेको हो ।

त्यसैगरी आज चाँदी रू २ हजार ६८० मा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।

Facebook Comments