Tue. May 12th, 2026

नेपालमा भएको हिंसा हृदयविदारक, शान्ति कायम गर्नुहोस्: भारतीय प्रधानमन्त्री   

       

काठमाण्डू ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा शान्ति कायम गर्न नेपालीसँग आग्रह गर्दै नेपालमा भएका हिंसाका घटना हृदयविदारक भएका बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल एक्समार्फत “नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाले आफ्नो ज्यान गुमाउनुपरेकोमा मेरो मन अत्यन्तै विचलित छ । म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरुलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अनुरोध गर्दछु”, उहाँले उल्लेख गर्नुभएको छ ।

Facebook Comments