Tue. May 26th, 2026

‘प्रधानसेनापति ट्रफी २०८२’ आजदेखि सुरु   

प्रधान सेनापति अशोकराज सिग्देल मङ्गलबार भद्रकालीस्थित नेपाली सेनाको खेल मैदानमा नेपाली सेनाद्बारा आयोजित ‘प्रधान सेनापति ट्रफी २०८२’ को उद्घाटन कार्यक्रममा पुरूष तर्फको १५०० मिटर दौड प्रतियोगितामा प्रथम हुने खेलाडीलाई पुरस्कार प्रदान गर्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

       

काठमाण्डू । सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेल मैदानमा यस वर्षको ‘प्रधानसेनापति ट्रफी’ प्रतियोगिता आजदेखि सुरु भएको छ ।

प्रधानसेनापति अशोकराज सिग्देलले प्रतियोगिताको उद्घाटन गर्नुभयो । प्रतियोगिता उद्घाटनका अवसरमा प्रतियोगितामा सहभागी सबै टोलीका खेलाडीद्वारा मार्चपास गरियो ।

उद्घाटन खेलका रूपमा पुरुषतर्फ एक हजार ५०० मिटर र महिलातर्फ ८०० मिटर दौड आयोजना गरियो । यसमा पुरुषतर्फ सुदूरपश्चिम पृतनाका मुकेशबहादुर पालले यसअघि सङ्गठनका नाममा कायम रहेको रेर्कड तोड्दै तीन मिनेट ५४.०२ मा दूरी पार गरी प्रथम हुनुभयो । त्यसैगरी मध्यपृतनाका लोकेन्द्र बोहोरा दोस्रो र विशेषफोज बाहिनीका अक्कलबहादुर पाल तेस्रो घोषित हुनुभयो ।

महिलातर्पmको ८०० मिटर दौड प्रतियोगितामा १३ नं बाहिनाका अनिषा विश्वकर्मा प्रथम, १६ नं बाहिनीका सरस्वती भट्टराई द्वितीय र मध्यपूर्वी पृतनाका बालिका श्रेष्ठ तृतीय हुनुभयो । सोही समारोहमा विजयी प्रतियोगिता प्रधानसेनापति सिग्देलले पुरस्कार प्रदान गर्नुभयो ।

आगामी असोज १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दौड, पौडी, बक्सिङ, तेक्वादो, बलिवल, बास्केटबल, फुटबल र जुडो खेल समावेश गरिएका छन् । प्रतियोगितामा आठ वटा पृतना र छ वटा बाहिनीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका केही विधाका खेल पोखरा र हेटौँडामा हुनेछन् ।

वि.सं. २०६५ देखि शुभारम्भ भएको प्रतियोगिताले उत्कृष्ट खेल प्रतिभाको पहिचान, प्रवर्द्धन र प्रोत्साहन गर्दै खेल क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । प्रतियोगिताबाट छनोट भएका खेलाडीले अन्तरराष्ट्रिय प्रतियोगितामा समेत नेपालको झण्डा फहराएर नेपाल र नेपालीको गौरव उच्च बनाइरहेको सेनाले जनाएको छ ।

विश्वस्तरीय तथा ओलम्पिक प्रतियोगितामा समेत सेनासँग आबद्ध २६ खेलाडी सहभागी भई सफलता प्राप्त गर्नुमा पनि यस्ता प्रतियोगिताको महत्त्वपूर्ण योगदान रहेको सेनाले जनाएको छ ।

त्यस अवसरमा सैनिक तालिम महानिर्देशक धु्रवप्रकाश शाहले त्रिभुवन आर्मी क्लब स्थापनाको उद्देश्य र सैनिक खेलाडीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल क्षेत्रमा पु¥याएको योगदान र पछिल्लो समय प्राप्त गरेको सफलता एवं पदकसम्बन्धी विवरण प्रस्तुत गर्नुभएको थियो ।

Facebook Comments