Tue. May 26th, 2026

मुख्यमन्त्री कार्कीलाई सम्मान   

       

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई झाँगड उराँव समुदायले आज यहाँ सम्मान गरेको छ । कोशी प्रदेश सरकारले सो समुदायले मनाउँदै आएको करम पूजा पर्वलाई सम्मान गर्दै गत वर्षदेखि झाँगड उराँव समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको भन्दै मुख्यमन्त्री कार्कीलाई सम्मान गरेको हो ।

नेपाल झाँगड उराँव युवा मोर्चाले आज मुख्यमन्त्री कार्यालय विराटनगरमा आएर मुख्यमन्त्री कार्कीलाई सम्मान गरेको हो । सो समुदायका अगुवा छेविलाल उराँव र युवा मोर्चाका अध्यक्ष देवनारायण उराँवसहित अन्य प्रतिनिधिले उहाँलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको हो । झाँगड उराँव जाति लोपोन्मुख समुदायमा पर्छ । यो जातिको बसोबास मुख्यतयाः कोशी प्रदेशका मोरङ, सुनसरी, झापालगायत जिल्लामा रहेको छ ।

सम्मानपत्र ग्रहण गर्दै मुख्यमन्त्री कार्कीले उक्त समुदायको भाषा, संस्कृति र परम्परागत पहिचानको संरक्षण तथा संवद्र्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । विसं २०७८ को जनगणनाअनुसार नेपालभर करिब ४१ हजार झाँगड उराँव समुदायका मानिस बसोबास गर्दछन् ।

Facebook Comments