Mon. Jan 12th, 2026

प्रधानमन्त्रीद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई

       

काठमाण्डू । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ मा उत्तीर्ण सबै विद्यार्थीलाई बधाई ज्ञापन गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत कक्षा १२ उत्तीर्ण भएका सबैलाई बधाई ज्ञापन गर्नुभएको हो ।

“भू-परिवेष्ठित विकासशील देशहरूको अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन म तुर्कमिनस्थानमा छु । नेपालमा कक्षा १२ को रिजल्ट आयो भन्ने थाहा पाएँ । बधाई नानीबाबुहरू !”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ । उहाँले विद्यार्थीहरूको मेहनत सफल भएको भन्दै अब स्वदेशमा पढ्ने र केही गर्ने नयाँ यात्राको सुरुआत गर्न आग्रह सबैलाई गर्नुभयो ।

“तपाईंहरूको मेहनत सफल भयो, अब नेपालमै पढ्ने र केही गर्ने नयाँ यात्राको सुरुआत गरौँ । फेरि पनि बधाई सबैलाई”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ । आज साँझ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित नतिजाअनुसार नियमिततर्फ ६१ दशमलव १७ र आंशिकतर्फ ३६ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

Facebook Comments