Mon. Apr 29th, 2024

भारतद्वारा चिनियाँ पृष्ठभूमि भएका मोबाइल एप्सको प्रयोग निषेध, आपसी सहयोगमा अझ ठूलो क्षति पुर्याउने चीनको चेतावनी

काठमाडौं, २०७७ मंसिर १० गते बुधबार

भारतले ४३ वटा चिनियाँ पृष्ठभूमि भएका मोबाइल एप्सको प्रयोगको निषेध गरेको छ । भारतको यस्तो भेदभावपूर्ण कदमलाई तुरून्तै सच्याउनुपर्ने अन्यथा आपसी सहयोगमा अझ ठूलो क्षति पुर्याउने चीनले चेतावनी दिएको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लीच्यानले नभेम्बर २५ तारिख आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो विचार व्यक्त गर्नुएको हो।

चिनिया अन्तरराष्ट्रिय रेडियोका अनुसार चालू वर्षको जुनदेखि यता, भारतले लगातार ४ पटक गरी राष्ट्रिय सुरक्षाको निहुँमा चिनियाँ पृष्ठभूमि भएका मोबाइल एप्स प्रयोगमा निषेधात्मक कदम चालेको छ। यस्तो कार्वाही बजारको सिद्धान्त तथा विश्व व्यापार संगठनको नियम विपरित भएको स्पष्ट देखिन्छ र चिनियाँ व्यवसायको वैधानिक हक-अधिकारमा गम्भीर क्षति पुर्याइसकेकोले चीनले यसको कडा विरोध गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउले जनाउनुभएको छ। बजारको सिद्धान्तको पालना गर्दै चिनियाँ व्यवसाय लगायतका अन्तर्राष्ट्रिय लगानीकर्ताको वैधानिक हक-अधिकारको संरक्षण गर्ने जिम्मा भारत सरकारसँग रहेको पनि उहाँले दाबी गर्नुभएको छ।

Facebook Comments