श्रावण शुक्ल पञ्चमीः घरघरमा नाग टाँसियो
काठमाण्डू महानगरपालिका–१ स्थित नागपोखरी र नागपोखरीमा नागको प्रतिमामा पूजाअर्चनाका लागि आएका भक्तजन । तस्बिर : हरिराम भेटुवाल / रासस
काठमाण्डू । घरघरमा नाग टाँसेर आज नागपञ्चमी पर्व मनाइएकोे छ । नागपञ्चमीमा घरको मूल ढोकामाथि नागको तस्बिर टाँसेमा नाग, सर्प, बिच्छीजस्ता जीवबाट वर्षभरि दुःख नपाइने धार्मिक विश्वास छ ।
आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशका नागदह, नागकुण्ड र नागस्थानहरुमा नागको पूजाआराधना गरी मेला लागेको थियो । पशुपतिनाथ मन्दिर परिसरमा रहेको वासुकी मन्दिरमा पनि विशेष पूजा गरिएको थियो ।
नाग पूजा गरेपछि खेतबारीमा खनजोत नगरी किसानहरु आराम गर्ने गर्दछन् । आज खनजोत गरेमा नाग मारिन्छन् भन्ने ठानेर त्यसो गरिएको हो ।

