Mon. Apr 29th, 2024

अस्ताउँदो सूर्यलाई अर्घ्य दिंदै भव्य रुपमा मनाईयो छठ पर्व

- विराटनगरमा छठ पर्वको रौनक, फोटो : रमेश हतुवाली

विराटनगर, २०७७ मंसिर ५ गते शुक्रबार

पूर्वी तराईका विभिन्न जिल्लाहरुमा अस्ताउँदो सूर्यलाई अध्र्य दिई भव्य रुपमा छठ पर्व मनाईएको छ ।

छठ पर्वको दिन वेलुकी अस्ताउँदो सूर्यलाई अध्र्य दिईने र त्यसको भोली पल्ट उदाउँदो सूर्यलाई अध्र्यदिएर व्रत सम्पन्न गर्ने परम्परा अनुसार मानिसहरु दिउसैदेखि जलासय तर्फ लागिरहेको दृश्य  यत्रतत्र देखिन्थ्यो ।

विगतका वर्षहरुमा मोरंग जिल्लाको सिंगिया, ल्हान्द्रा, वक्राहा सुनसरीको सुनसरी, झापाको माई, मेची, रतुवा लगायतका खोला तथा नदी एवम् तालतलैया, पोखरीहरु र चतहरा नहरका मुख्य तथा शाखा नहरहरुमा श्रद्धालु भक्तजन, ब्रतालु तथा स्थानीयवासीहरु दिउँसो २ वजेदेखि नै केरा, उखु, नरिवल, मुला, बेसार, ठेकुवा, भोगटे, अदुवा लगायतका विभिन्न पूजा सामग्रीहरु बोकेर हजारौं मानिसहरु पुग्ने गरेको भए पनि यस वर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण थोरै मानिसहरुमात्र ती स्थानहरुमा पुगेका देखिन्थे ।

dav

कोरोना भाइरस संक्रमणको त्रासका कारण विराटनगर महानगरपालिका वडा नं.८, मधुमारास्थित भक्तिमार्ग र समताचोकका स्थानीय ब्रतालुहरुले घर वरिपरीको खाली जग्गामा खाल्डो खनी पानी भरी खाल्डाको चारैतिरका किनारालाई केराको थम्बा, सयपत्री, मखमली, गोदावरी लगायत विभिन्न जातका फूल, त्रिपाल, विजुली वत्ति, विभिन्न रुखका पात आदिले झकिझकाउ पारेर त्यसै स्थानमा सूर्यलाई विधिपूर्वक पूजापाठ गरेका थिए । ती स्थानहरुमा छठ पर्वको रमाईलो हेर्ने र छठको व्रत वस्नेहरुको वाक्लो उपस्थितीले वातावरणनै मनमोहक भएको देखिन्थ्यो ।

dav

सन्तान प्राप्ति, सम्पन्नता, आरोग्यता, सुख एवम् समृद्धिको लागि छठ पर्वको अवसरमा छठीमाई र सूर्यको कठोर व्रत वस्ने परम्परा रहँदै आएको छ ।

dav

dav
dav

dav

Facebook Comments