Sun. May 24th, 2026

प्रधानमन्त्री ओलीद्वारा खेलाडीलाई बधाई   

       

काठमाण्डू, २०८२ असार २८ गते शनिबार । प्रधानमन्त्री केपी शर्माले साफ यु-२० महिला कपमा भुटानमाथि नेपालले निकालेको जितप्रति खेलाडीहरूलाई बधाई दिनुभएको छ ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भुटानलाई ६-१ को फराकिलो गोलअन्तरले जितेकोमा नेपाली खेलाडीलाई बधाई दिनुभएको हो । “साफ यु-२० उमन्स कपमा आज नेपालले भुटानलाई ६-१ को फराकिलो अन्तरले जितेकोमा हार्दिक बधाई !” प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।

शुक्रबारदेखि बङ्गलादेशमा साफ यु-२० महिला कप प्रतियोगिता सुरू भएको छ ।

Facebook Comments