त्रिशूली नदी किनारमा एकजना पुरुषको शव फेला
भरतपुर (चितवन) । यहाँको इच्छाकामना गाउँपालिका-६ कालिखोला स्थित त्रिशूली नदी किनारमा आज एक जना पुरुषको शव फेला परेको छ ।
केही अङ्ग नभएको अवस्थामा अन्दाजी ४५/५० वर्षको देखिने सो शव फेला परेको हो । शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो ।
उक्त शव गत मङ्गलबार रसुवामा आएको बाढीले बेपत्ता पारेको व्यक्तिको हुन सक्ने अनुमान गरिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । रासस
Facebook Comments

