Sun. May 24th, 2026

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

       

काठमाण्डू, २०८२ असार २३ गते सोमबार । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता महेशकुमार नेपाललाई न्याय परिषद् सदस्यमा नियुक्त गर्नुभएको छ ।

आज उहाँले प्रधानमन्त्रीको सिफारिसमा भोजपुरको भोजपुर नगरपालिका-८ का नेपाललाई परिषद् सदस्यमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम नेपाललाई न्याय परिषद् सदस्य नियुक्त गरिएको जानकारी दिनुभयो ।

विज्ञप्‍ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा भोजपुर जिल्ला, भोजपुर नगरपालिका वडा नं. ८ निवासी कानूनविद् वरिष्‍ठ अधिवक्ता श्री महेश कुमार नेपाल (प्र.प.नं. ४०१) लाई न्याय परिषद् सदस्य पदमा नियुक्त गर्नु भएको छ।

२०८२ साल असार २३ गते सोमबार।

ने.सं. ११४५ दिल्लाथ्व द्वादशी।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता

Facebook Comments