Sun. May 24th, 2026

‘कुलिङ पिरियड’ सम्बन्धमा छानबिन गर्न सभापति खतिवडाको आग्रह   

       

काठमाण्डू, २०८२ असार १७ गते मंगलबार । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सङ्घीय निजामती सेवा विधेयकमा व्यवस्था गरिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धमा समितिको निर्णय तोडमोड भएका सम्बन्धमा छानबिन गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गर्नुभएको छ ।

आज प्रेस विज्ञप्ति जारी गर्दै उहाँले समितिले पारित गरेको विधेयकको व्यवस्था संसद्मा पेस गर्दा मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको विषय गम्भीर त्रुटि र अक्षम्य घटना भएको बताउनुभएको छ ।

सभापति खतिवडाले ‘कुलिङ अफ पिरियड’ राख्ने गरी सच्याउन राष्ट्रियसभालाई अनुरोधसमेत गर्नुभएको छ । रासस

Facebook Comments