Tue. May 26th, 2026

इरानी आणविक प्रबन्धमाथि आक्रमणपछि विभिन्न पक्षद्वारा अमेरिकाको निन्दा

       

काठमाण्डू, २०८२ असार ८ गते आईतबार । अमेरिकी पूर्वी समय अनुसार जुन २१ तारिख  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक प्लेटफर्ममार्फत एउटा लेख प्रकाशित गर्दै अमेरिकाले इरानका ३ वटा आणविक प्रबन्धमाथि आक्रमण गरेको दाबी गर्नुभएको छ। विभिन्न पक्षहरूले बेग्ला बैग्लै गरी अमेरिकाको यस आक्रमण कारवाईप्रति कडा शब्दमा निन्दा गरेका छन्।

क्युबाका राष्ट्राध्यक्ष डियाज कानेलले अमेरिकाको सो आक्रमण कारवाईको कडा शब्दमा निन्दा गर्दै त्यस कारवाईबाट मध्य पूर्वी क्षेत्रको भिडन्तलाई चर्काइने चिन्ता व्यक्त गर्नुभयो।

भुनेजुएलाको परराष्ट्र मन्त्रालयले एउटा विज्ञप्ति जारी गर्दै अमेरिकाको आक्रमणकारी कारवाईको कडा शब्दमा निन्दा गर्नुका साथै तत्काल शत्रुतापूर्ण गतिविधि बन्द गर्न अमेरिकालाई आग्रह गरेको छ।

पाकिस्तानी परराष्ट्र मन्त्रालयले अमेरिकाको कडा शब्दमा निन्दा गर्दै त्यस कारवाईले सबै अन्तर्राष्ट्रिय कानुन र नियमको गम्भीर उल्लङ्घन गरेको जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read