Wed. May 6th, 2026

तीन दलका शीर्ष नेताको बैठक स्थगन   

       

काठमाण्डू, २०८२ असार ५ गते बिहीबार ।  समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताहरूको आजका लागि तय भएको बैठक स्थगन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश हाललाई स्थगन भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

बुुधबारका लागि तय भएको बैठक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाण्डू बाहिर रहनुुभएकाले आज दिउँसो ३ बजेका लागि सारिएकामा पुनः २ बजे बस्ने भएको थियो ।

Facebook Comments