Tue. May 26th, 2026

चीनका राष्ट्रपति सी चिनफिङलाई कजाखस्तानमा भव्य स्वागत (फोटो फिचरसहित)

- दोस्रो चीन-मध्य एसिया शिखर सम्मेलन

गणतन्त्र कजाकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेभको निमन्त्रणामा दोस्रो चीन-मध्य एशिया शिखर सम्मेलनमा सहभागी हुनु जुन १६ तारिख मध्यान्ह चीनका राष्ट्राध्यक्ष सी चिनफिङ विशेष विमानद्वारा आस्तानामा ।

       

काठमाण्डू, २०८२ असार २ गते सोमबार । चीनका राष्ट्रपति सी चिनफिङ दोस्रो चीन-मध्य एसिया शिखर सम्मेलनमा सहभागी हुन कजाखस्तानको राजधानी अस्ताना पुग्नु भएको छ ।

अस्तानाको नुरसुल्तान नजरबायेभ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेपछि, राष्ट्रपति सी चिनफिङलाई कजाखस्तानका राष्ट्रपति कासिम(जोमार्ट तोकायेभ र कजाखस्तानका उपप्रधान तथा विदेशमन्त्री मुरत नर्टलेउ लगायतका वरिष्ठ अधिकारीहरूले स्वागत गर्नुहुँदै ।

राष्ट्रपति सी चिनफिङको विमान कजाखस्तानको हवाई क्षेत्रमा प्रवेश गरेपछि कजाखस्तान वायु सेनाका लडाकु विमानहरूले एस्कर्ट गरेका थिए ।

अस्तानाको नुरसुल्तान नजरबायेभ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेपछि, राष्ट्रपति सी चिनफिङलाई कजाखस्तानका राष्ट्रपति कासिम-जोमार्ट तोकायेभ र कजाखस्तानका उपप्रधान तथा विदेशमन्त्री मुरत नर्टलेउ लगायतका वरिष्ठ अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति सी चिनफिङलाई विमानस्थलमै एकजना कजाख महिलाले पुष्प गुच्छा दिएर स्वागत गरेकी थिईन । विमानस्थलमा चीन र कजाखस्तानका राष्ट्रिय झण्डा बोकेका कजाखस्तानका सैयौं बालबालिकाहरूले चिनियाँ राष्ट्रपतिलाई भव्य स्वागत गरेका थिए ।

राष्ट्रपति सी चिनफिङले कजाखस्तानका सम्मान रक्षकहरूको परेड समेत अवलोकन गर्नुभएको थियो । चीन र कजाखस्तानका राष्ट्रिय झण्डा बोकेका हेलिकप्टरहरू विमानस्थलमाथि उडेका थिए भने दुई देशका राष्ट्र प्रमुखहरूले कजाखस्तानका बालबालिकाहरूको कलात्मक प्रदर्शनको पनि आनन्द लिनुभएको थियो ।

विमानस्थलबाट होटल जाने क्रममा, सर्वसाधारणले राष्ट्रपति सी चिनफिङलाई न्यायो स्वागत लेखिएको व्यानर फहराएका थिए भने धरै मानिसहरुले चीन र काजाकिस्तान बीचको मित्रता अमर रहोस् भनि लेखिएका राता ब्यानरहरू बोकेर स्वागत गरेका थिए ।

दोस्रो चीन-मध्य एसिया शिखर सम्मेलन आज जुन १६ देखि १८ तारिख सम्म काजाकिस्तानको राजधानी अस्तानामा आयोजना हुँदैछ । शिखर सम्मेलनले चीन र पाँच मध्य एसियाली देशहरू काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानलाई साझा भविष्यको साथ नजिकको चीन-मध्य एसिया समुदाय निर्माण गर्ने नयाँ यात्रामा लैजाने लक्ष्य राखेको छ ।

किर्गिस्तानका पूर्व प्रधानमन्त्री जोमार्ट ओटोर बाएभले चीन-मध्य एसिया शिखर सम्मेलनले सहयोगलाई सुदृढ पार्न कार्ययोजना बनाउने लक्ष्य राखेको सीसिटिभीलाई बताउनु भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read