Wed. Apr 22nd, 2026

अमेरिकाको मिनेसोटामा डेमोक्र्याटिक सांसदको गोली हानी हत्या  

       

वासिङ्टन, २०८२ जेठ ३१ गते शनिबार । अमेरिकाको मिनेसोटा राज्यमा शनिबार बिहान एक बन्दुकधारीले डेमोक्र्याटिक पार्टीका दुई सांसदमाथि गोली चलाउँदा एक सांसदको मृत्यु भएको छ भने एक सांसद्सहित अन्य एक जना घाइते भएका छन् ।

रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको विरोधमा हजारौं मानिस सडकमा उत्रने तयारी गरिरहेका बेला संयुक्त राज्य अमेरिकामा गहिरो राजनीतिक विभाजनको समयमा गोली हानाहान भएको हो।

संदिग्ध आक्रमणकारी अझै फरार रहेको र व्यापक खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र महान्यायाधिवक्ता पाम बोन्डीले ’भयानक हिंसा’ को निन्दा गर्दै दोषीलाई ’कानूनको पूर्ण दायरामा’ ल्याउन मुद्दा चलाइने बताउनुभएको छ ।

राज्यका पूर्व सभामुख मेलिसा होर्टम्यान र उहाँका पति मार्कको मिनियापोलिस नजिकैको आफ्नै घरमा आक्रमण भएको गभर्नर टिम वाल्जले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

“यो लक्षित राजनीतिक हिंसाको कार्य हो,” वाल्जले पत्रकारसँग भन्नुभयो ।

उहाँले भन्नुभयो, “शान्तिपूर्ण बहस हाम्रो लोकतन्त्रको जग हो । हामी हिंसा वा बन्दूकको नालबाट हाम्रा मतभेदहरूको समाधान गर्दैनौं।”

मिनेसोटा अपराध नियन्त्रण विभागका सुपरिटेन्डेन्ट ड्रू इभान्सका अनुसार हफम्यान र उनकी श्रीमतीलाई पहिले गोली हानिएको थियो र प्रहरीले अनुसन्धान गर्दा होर्टम्यान र उहाँका पतिलाई करिब ९० मिनेटपछि गोली हानिएको थियो ।

होर्टम्यानको निवास नजिकै अधिकारीहरूसँग गोली हानाहान हुँदा संदिग्ध बन्दुकधारी भाग्न सफल भएको इभान्सले पत्रकारहरूलाई बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी अहिले सक्रिय रुपमा ती व्यक्तिको खोजी गरिरहेका छौं ।”

एबिसी न्यूजले अनुसन्धानमा संलग्न स्रोतलाई उद्धृत गर्दै भनेको छ, “दुवै घटनामा आक्रमणकारीले कानुन कार्यान्वयन गर्ने अधिकारीको भेष धारण गरेको अधिकारीहरूले अनुमान गरेका छन्।”

स्थानीय टिभी स्टेशन केएसटीपीका अनुसार प्रहरीले खैरो केश भएका, निलो सर्ट र निलो पाइन्टमाथि कालो बडी आर्मर लगाएका एक गोरा व्यक्तिको खोजी गरिरहेको छ ।

गत जनवरीमा ट्रम्प ह्वाइट हाउस फर्केपछि संयुक्त राज्य अमेरिकी समुदाय गहिरोरूपमा विभाजित भएको छन् ।

रिपब्लीकन राष्ट्रपतिले आफ्नो कठोर निर्वासन नीति, विश्वविद्यालय र मिडियामाथिको आक्रमण र कार्यकारी शक्तिको सीमाको उल्लङ्घन गरेको भन्दै डेमोक्र्याटिकको आलोचना गरेका छन् ।

वाल्जले भन्नुभयो, “हामी यस कठिन क्षणमा, मिनेसोटामा भएको यो दुःखद कार्यले हामी सबैलाई सम्झाउने काम गर्नुपर्छ।

“लोकतन्त्र र कांग्रेसको हलमा, राज्यका घरहरूमा, स्कूल समितिहरूमा हुनेबहसहरू हाम्रा मतभेदहरूलाई शान्तिपूर्ण रूपमा समाधान गर्ने र समाजलाई राम्रो ठाउँमा सार्ने एक तरिका हुन् । एएफपी

Facebook Comments