Sun. May 24th, 2026

इरानद्वारा इजरायलमाथि जबाफी क्षेप्यास्त्र हमला

       

काठमाण्डू, २०८२ जेठ ३१ गते शनिबार । इरानले इजरायलमाथि क्षेप्यास्त्रबाट आक्रमण सुरु गरेको छ ।

हिजो शुक्रबार बिहान इजरायलले इरानका विभिन्न स्थानहरुमा गरेको भिषण हमलाको जबाफमा इरानले पनि गयरातीदेखि इजरायलमा बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको छ। हमलाहरू जारी रहँदा इजरायली सहरहरूमा बारम्बार साइरनका आवाज सुनिएका छन्।

प्राप्त जानकारी अनुसार तेल अभिभको आकाशमाथि कालो धुवाँ उठिरहेको बेला जेरुसलेममा विस्फोटको आवाज सुनिएको बताएका छन्। अन्य इजरायली सहरमा समेत ठूला विस्फोटका आवाज सुनिएका विवरण आएका छन्।

उक्त जबाफी हमलामा परेका ४० जनाको इजरायली अस्पतालहरूमा उपचार भइरहेको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। इजरायली सञ्चारमाध्यमहरूले तीनजनाको मृत्यु भएको उल्लेख गरेका छन्।

आज बिहान सबेरैदेखि दुवै पक्षबाट भएका हमलामा तेहरानमा समेत विस्फोटनका आवाज सुनिएका छन्। बीबीसी

Facebook Comments