Tue. May 26th, 2026

प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित

       

काठमाण्डू, २०८२ जेठ १४ गते बुधबार । विपक्षी दलहरूको अवरोधका कारण आजको प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको छ ।
सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको आजको बैठक भोलि दिउँसो साढे १ बजेसम्मका लागि स्थगित गरेको जानकारी गराएको हो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले बैठक अवरुद्ध पारेका हुन् । उनीहरूले हिजो पनि बैठक नियमित विषयमा प्रवेश गर्नुअघि नै अवरुद्ध गरेका थिए ।

विपक्षी दलहरूद्वारा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध, आजका लागि तय भएको बैठक सूचना टाँस गरेर भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित ।।

यसैगरी भोलि दिउँसो ३ बजे सङ्घीय संसद्को संयुक्त बैठक आह्वान भएको छ । आउँदो आर्थिक वर्षको बजेट ल्याउने प्रयोजनका लागि संयुक्त बैठक आह्वान भएको हो । संयुक्त बैठकअघि दिउँसो पौने २ बजे राष्ट्रियसभाको बैठक पनि बस्ने कार्यक्रम रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read