जेठ १५ (भोलि) गतेको प्रदर्शन शान्तिपूर्ण हुने :अध्यक्ष लिङदेन
काठमाण्डू, २०८२ जेठ १४ गते बुधबार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले कम्तिमा एक हप्ता काठमाण्डूमै बसेर आन्दोलन गर्नेगरी तयारीमा रहन आह्वान गर्नुभएको छ ।
आज काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो आह्वान गर्नुभएको हो । जेठ १५ गतेदेखि राजावादीहरुले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र कायम नभएसम्म आन्दोलन जारी राख्ने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सरकारले दमनबाटै ठिक लगाउने भन्ने हिसावले र कार्यक्रम अवरोध गर्नेतर्फ सरकार अघि बढ्यो भने प्रतिकार जरुरी हुने लिङदेनले बताउनु भयो । सरकारले आन्दोलनमा अवरोध गरेको खण्डमा हातमा दही जमाएर नबस्ने चेतावनी लिङदेनले दिनुभयो । जेठ १५ को आन्दोलन मुल आन्दोलन भएकाले कम्तिमा एक हप्ता काठमाडौं बस्नुपर्छ भन्ने सोचका साथ तयारी गर्न पनि अध्यक्ष लिङदेनले आग्रह गर्नुभयो ।
भोलि जेठ १५ गतेको प्रदर्शन शान्तिपूर्ण हुने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको भनाइ, सरकारले दमनबाटै ठिक लगाउने भन्ने हिसावले कार्यक्रम अवरोध गरे प्रतिकार जरुरी हुने चेतावनी ।।
अध्यक्ष लिङदेनले जेठ १५ गतेको प्रदर्शन पूर्ण रुपमा शान्तिपूर्ण हुने बताउँदै प्रदर्शनमा हुनसक्ने घुसपैठप्रति सचेत रहनुपर्ने बताउनु भयो । आन्दोलन हिंसात्मक बनाउन सरकार, सरकारबाट सञ्चालित संयन्त्रहरु क्रियाशिल हुनसक्ने भन्दै सचेत रहन पनि उहाँले आग्रह गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति हार्ने बेलामा आत्तिएर आएको बोली जस्तो भएको लिङदेनको प्रतिक्रिया छ ।

