Tue. May 26th, 2026

नाइजेरियाको मध्य क्षेत्रमा आक्रमण : ३० जना भन्दा बढीको मृत्यु   

       

जोस (नाइजेरिया), २०८२ जेठ १३ गते मंगलबार । नाइजेरियाको बेन्यु राज्यको ग्वेर वेस्ट क्षेत्रमा शुक्रबारदेखि आइतबारसम्म तीनवटा गाउँमा भएका श्रृङ्खलाबद्ध आक्रमणमा ३० भन्दा बढी मानिसको ज्यान गएको छ ।

आइतबार अओन्डाना गाउँमा मात्रै कम्तीमा २० जनाको ज्यान गएको र अन्य गाउँहरूमा पनि १० जना भन्दा बढीको मृत्यु भएको जनाइएको छ । स्थानीय बासिन्दा रुथी डान सामका अनुसार केही पीडित दुई वर्ष मुनिका बालबालिका समेत थिए, जसले घटनालाई अझ दर्दनाक बनाएको छ ।

घटनामा मारिएका केहीलाई घटनास्थलकै नजिकै गाडिएको र छिमेकी गाउँहरूमा समेत आक्रमण भएको जनाइएको छ । घटनाको अनुसन्धान जारी रहेको छ ।  एएफपी

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read