Sat. Jul 27th, 2024

चीन सरकारद्वारा कोरोना भाइरस विरुद्धको प्रतिरोध जारी, सर्व साधारणलाई उ हान नछाड्न आग्रह

चीन, वु हान, २०७६ माघ ९ गते बिहीबार

चीनको हु पै प्रान्तको उ हान शहरले  बिहीबार बिहान सबेरै घोषणा गरे अनुसार, बिहान १० बजेदेखि स्थानीय विमानस्थल र रेल स्टेशनबाट प्रस्थान गर्ने बाटो अस्थायी रुपमा बन्द गरिएको छ।

सीआरआई नेपाली विभागका अनुसार सम्पूर्ण शहरका विभिन्न प्रकारको सार्वजनिक यातायातको संचालन अस्थायी रुपमा रोकिएको छ र स्थानीय वासिन्दाहरुलाई उ हान नछोड्न आग्रह गरिएको छ। यो सरुवा रोगको विश्लेषणपछि चीनले चालेको एक किसिमको कदम हो। जसको उद्देश्य भाइरसको फैलावटलाई रोकेर विश्वको सार्वजनिक स्वास्थ्य सुरक्षाको संरक्षण गर्नु हो।

उ हान शहर चीनको मध्य भागमा अवस्थित सबैभन्दा ठूलो यातायात सञ्जाल हो। त्यहाँबाट बाहिर निस्कने बाटोलाई अस्थायी रुपमा बन्द गर्नु एउटा कठिन छनौट हो। चीनले बुद्धि तथा साहस लिएर यस्तो निर्णय गरेको छ। किनभने भाइरसको फैलावटलाई रोक्नु जरुरी कुरा हो, सर्वसाधारणको प्राण तथा स्वास्थ्यको संरक्षण जुनसुकै कुराभन्दा पनि महत्वपूर्ण छ।

Facebook Comments